दमक भ्युटावर शुल्क लिएर सञ्चालन गर्न दिइने, यस्ता छन् मन्त्रिपरिषदका ३० निर्णय


२०८२ जेठ १ बिहीबार २१:४३ बजे

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु आज (बिहीबार) सार्वजनिक गरेका छन्। वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार झापाको दमकमा निर्माण भएको भ्युटावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने समेत रहेको छ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । सत्य निरुपणको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन् । त्यस्तै आयोगका चार÷चार जना सदस्य पनि नियुक्त गरेको छ । 

त्यस्तै वैशाख २५ मा बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका दुई नगरपालिका भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाका  ११, १२ र १३ वडा तथा दोधराचाँदनी नगरपालिकाका ३, ८, ९ र १० वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गरिएको हो । मन्त्रिपरिषद्का २ बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका ३० निर्णयहरु


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७