‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराबाट कुनै परिणाम आउँदैन : कांग्रेस


२०८२ जेठ १ बिहीबार २१:४७ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले ‘सुखी नेपाली, समृद्ध नेपाल’ शब्दावली (नारा) बाट कुनै परिणाम नआउने बताएका छन् । आज (बिहीबार) संसद्मा जारी विनियजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै महतले यस्तो टिप्पणी गरेका हुन् ।

‘नीति तथा कार्यक्रममा हामीले समाजवादउन्मुख, समाजवादउन्मुख भनिरहेका छौं । यद्यपि, हामीले संविधानमा नै समाजवादउन्मुख लेखेपछि किन यहाँ लेखियो भनेर प्रश्न गर्ने अधिकार मलाई छैन । तर, यो समाजवादउन्मुख यो खाले शब्दबाट या सुखी नेपाली, समृद्ध नेपाल शब्दावलीबाट केही हुँदैन। त्यसप्रति हाम्रो ज्यादै मोह छ तर, त्यसबाट परिणाम आउँदैन,’ महतले भने ।

उनले ठीक ढङ्गले विनियोजन नभएसम्म परिणाम हात नपर्ने पनि बताए। ‘परिणाम जहाँबाट आउँछ भनेदेखि हामीले हाम्रा विनियोजन ठीक ढङ्गले गर्छौँ कि गर्दैनौँ ? जुन वर्ग–समूहलाई सहयोगको आवश्यकता छ, त्यहाँ मात्रै चाहिँ सामग्री सुरक्षाका कुरा गर्छौँ कि गर्दैनौँ ? पुँजीगत खर्च, विदेशी सहयोग, अनुदान ठीक ढङ्गले परिचालन गर्छौँ कि गर्दैनौँ, त्यसले फरक पार्छ,’ महतले भनेका छन्।

उनले आगामी दिनमा विदेशी सहयोगहरू आउने सम्भावना कम हुँदै गएको पनि बताएका छन्। त्यसकारण आफ्नै स्रोतहरूको सही परिचालनमा जोड दिनका लागि उनले अर्थमन्त्रीलाई सुझाव दिए। ‘हिजोको दिनमा धनी देशहरूले उदारताका साथ यी देशहरूमा गरिबी छ, अप्ठ्यारो छ भन्ने मान्यता थियो, अहिले त्यहाँ ह्रास आइसकेको छ । अमेरिकाले जसरी वीथड्र गर्‍यो, चीनबाट आउने, भारतबाट आउने र अरु देशबाट आउने सहयोगहरू पनि कम भइरहेका छन्,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७