साढे १७ खर्ब बजेट : साढे २ खर्ब रकमान्तर


२०८२ बैशाख ३१ बुधबार २१:१२ बजे

काठमाडौं । गत आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं प्रतिवेदनले बजेट अनुशासन नभएको सरकारले १४.६४ प्रतिशत रकमान्तर गरेको उल्लेख गरेको हो । 

सोमध्ये २०८१ को असार महिनामा २६ अर्ब ९० करोड ३४ लाख र असार अन्तिम हप्तामा १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरेको महालेखाले देखाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था रहे पनि पहिलो त्रैमासिक अवधिमा  ११ अर्ब ६४ करोड ७ लाख  कुल रकमान्तरको ४.५४ प्रतिशत रकमान्तर गरेको हो । 

सुरु बजेटमा व्यवस्था नभएका २३ कार्यक्रममा रकमान्तरबाट थप गरी ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरेको छ । त्यस्तै यस वर्षको बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख राष्ट्रिय गौरव बाहेकका अन्य आयोजनाहरूमा रकमान्तर गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७