रविन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश


२०८२ बैशाख ३१ बुधबार १८:५४ बजे

काठमाडौं  । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण सरकारलाई सोधेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको हो।

आज (मंगलबार) मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन् । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए। 

उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन्। दुवै जना हाजिर जमानीमा रिहा भएका हुन्। राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिँदा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा ठूलो क्षति भएको थियो। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७