धुर्मुस–सुन्तलीबारे प्रधानमन्त्री : रंगशाला नआँट भन्दाभन्दै आँटे, बहुत दुःख पाए

‘कलाकारले किन जनकपुरको रेल नदेखेको ?’


२०८२ बैशाख ३० मंगलबार २०:५० बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस-सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् । कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनले बताए।

बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको बताए। उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे। नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुःख पाए, माया लाग्छ।’

उनले अब भने उनीहरुको दुःख हट्ने बताएका छन्। ओलीले भने, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुःख कष्ट पनि हट्छ । मैले त दुःख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे।’

कलाकारलाई प्रधानमन्त्रीको प्रश्न–जनकपुरको रेल किन नदेखेको ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको बताएका छन्। मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित सिनेपा : चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिरहेको छ, तपाईहरू गीत बनाउनु हुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ? हामीले अब जनकपुरको रेल।’ प्रधानमन्त्रीको उक्त भनाइले हलमा हाँसोको  छुटेको थियो । प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन्। ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कनस्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७