खुल्यो बीपी राजमार्ग 


२०८२ बैशाख ३० मंगलबार १९:२७ बजे

काभ्रे । सोमबार साँझको वर्षापछि अवरुद्ध भएको बीपी राजमार्ग १४ घण्टापछि पुनः सञ्चालनमा आएको छ। सोमबार साँझ करिब ६ बजेदेखि बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–१२, माम्तीस्थित रोशीखोलाको बाढीले डाइभर्सन बगाउँदा सवारी आवागमन ठप्प भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसो १ बजेबाट राजमार्ग पुनः सञ्चालनमा आएको छ । स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सडक विभागको टोलीले सडक खुलाउने काममा समन्वय गरेका थिए । ट्राफिक कार्यलयका अनुसार अहिले दुईतर्फी नै सडक खुला भए पनि केही स्थानमा भने साँघुरो रहेकाले एकतर्फी नै रहेको छ।

अवरुद्ध राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले अहिले सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताइन्। उनले भनिन् ‘बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । तर अहिले  सडक खुलाइएको छ ।’ सडक अवरुद्ध कयौं  यात्रुहरु अलपत्र  परेका थिए ।गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७