मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे

‘न्याय पाउनुअघि दुःख हुन्छ, तपाईहरुको दुःख न्याय पाउनु अघिको हो’


२०८२ बैशाख २९ सोमबार २०:११ बजे

काठमाडौं । मिटरब्याज पीडितहरूले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन् ।

पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् ।

उनीहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको गुनासो गरेका थिए । जवाफमा लामिछानेले ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ भनेर आश्वासन दिएका छन्। ‘जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नु पर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ। त्यतिञ्जेल तपाईहरुबीच फाटो आउन भएन । एक भएर लड्नु पर्छ। मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु। न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईहरुले पाएको दुःख न्याय पाउनु अघिको हो । नआत्तिनु ।’

न्याय पाउनुअघि दुःख हुने बताउँदै उनले मिटरव्याज पीडितले पनि न्याय पाउने आश्वासन दिलाए। आफ्नै दृष्टान्त दिँदै लामिछानेले धनी र गरीबबीचको लडाई लामो चल्ने बताएका थिए। देशकै लागि लड्नेहरू थुनिनुपरेको उनले बताएका थिए । उनले आफू जनताकै लागि लड्दा दुःख पाएको बताएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७