भारतले भन्यो–‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए


२०८२ बैशाख २८ आइतबार २०:३० बजे

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘अपरेसन सिन्दूरमा १०० बढी आतंकवादी मारिएका छन् ।’

पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरको बारेमा जानकारी दिए । घईले ब्रिफिङको क्रममा भने, ‘सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँहरूमा सटीक लक्ष्यका साथ आक्रमण गरियो । यी आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिए । यसमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद जस्ता उच्च मूल्यका आतंककारीहरू समावेश थिए ।’

यी तीन जना आईसी ८१४ को अपहरण र पुलवामा विस्फोटमा संलग्न रहेको उनले बताए । लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘त्यसको केही समयपछि, पाकिस्तानले पनि नियन्त्रण रेखा उल्लंघन गर्‍यो । यो शत्रुको अनियमित र आतंकित प्रतिक्रिया थियो जसको परिणामस्वरूप दुर्भाग्यवश ठूलो संख्यामा नागरिक, गाउँ र गुरुद्वारा जस्ता धार्मिक स्थलहरूलाई निशाना बनाइयो । धेरै नागरिकहरूले आफ्नो ज्यान गुमाए ।’  बीबीसी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७