८० लाख युवा बाहिर छन्, सरकारले कामै गरेन : सांसद शाही


२०८२ बैशाख २८ आइतबार ०६:१४ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले ८० लाख बढी युवा श्रमका लागि बाहिर रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले आज पनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए ।

उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो गर्न पर्दैन ? भन्दै प्रश्न गरे । वैदेशिक रोजगारीको नाममा आज पनि लाखौं मानिसहरू दलालबाट ठगिएको उनको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको उनको आरोप छ। वेदेशिक रोजगारीको लागि जहाँ गए पनि नेपाली नागरिक मर्नु पर्ने अवस्थाको अन्त्य गर्न उनले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७