भारतले पाकिस्तानमा गरेको हमलामा अमेरिकाको नजर


२२:२१ बजे

काठमाडौं । भारत र पाकिस्तानबीचको स्थितिबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया दिएका छन् । भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं।’

रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ।’ उनले अगाडि थपेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु।’

बीबीसीका अनुसार पाकिस्तानले दिएको जानकारी अनुसार भारतीय हवाई हमलामा परी २ बालबालिकासहित ७ जनाको ज्यान गएको छ । भारतीय हमलाको प्रतिक्रिया दिंदै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भनेका छन्, ‘भारतको आक्रमणको निर्णायक जवाफ दिन पाकिस्तानसँग पूर्ण अधिकार छ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७