देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनको अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । गभर्नर नियुक्ति लगायतका विषयमा सरकारले निर्णय लिन नसकिरहेका बेला कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।