प्रचण्ड लडेर घाइते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन्। उनी खुमलटारस्थित निवासमा गए राति शौचालयमा लडेर घाइते भएका हुन् ।
घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ । उनको अवस्था सामान्य रहेको बताइएको ।