पाकिस्तानमा आक्रमणसँगै भारतले गर्‍यो धेरै उडान रद्द र डाइभर्ट


२२:१७ बजे

नयाँदिल्ली । भारतले पाकिस्तानमा ‘अपरेसन सिन्दूर’ सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले यात्रा एडवाइजरी जारी गरेका छन् । एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले एडवाइजरी जारी गर्दै धेरै क्षेत्रहरूमा उडान प्रभावित हुने जानकारी दिएका छन् ।

‘वर्तमान अवस्थालाई ध्यानमा राख्दै, एयर इन्डियाले मे ७ मा दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने सबै उडानहरू रद्द गरेको छ,’ एयर इन्डियाले एक्समा पोस्ट गरेको छ।एयरलाइन्सले अमृतसर जाने दुई अन्तर्राष्ट्रिय उडानहरूलाई दिल्ली डाइभर्ट गरिएको जनाएको छ ।

स्पाइसजेटले वर्तमान अवस्थाका कारण, धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसर लगायत उत्तर भारतका केही भागहरूमा विमानस्थलहरू अर्को सूचना नभएसम्म बन्द गरिएका जनाएको छ । त्यस्तै भारतको अर्को इयरलाइन्स इन्डिगोले बदलिँदो हवाई क्षेत्रको अवस्थाका कारण, श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ र धर्मशाला जाने उडानहरू प्रभावित भएको सामाजिक सञ्जालमा पोस्ट गरेको छ । तीनै एयरलाइन्सले यात्रुहरूलाई आफ्नो उडानको स्थिति जाँच गरेर मात्र विमानस्थल पुग्न सल्लाह दिएका छन् । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७