घाँस काट्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध


१४:०० बजे

दैलेख । दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्रबहादुर माझी रहेका छन्। विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार कर्णाली राजमार्ग अवरुद्ध गरिएको छ ।

मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन् । पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ । पीडितहरूले उचित क्षतिपूर्तिको माग गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७