कांग्रेस सांसद केसीले भने–नीति तथा कार्यक्रमले आशा जगाएन

‘सात बुँदे सहमति अनुसार ठोस प्रतिबद्धता छैन’


०६:५३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको प्रतिक्रिया दिएका छन् । संघीय संसद परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको गुनासो गरेका छन् ।

‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समय सीमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ उनले भने । नीति तथा कार्यक्रमको प्रतिवद्धता र दृढता मुख्य कुरा भएको उनले बताएका छन् । नेता केसीले नीति तथा कार्यक्रम दुई दलबीच भएको सात बुँदे सहमति अनुसार नआएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘धेरैठाउँमा गरिनेछ, दिइनेछ भनिएको छ । तर निश्चित प्रतिवाद्धतासहित यो समयभित्र हामी सक्छौं भन्ने प्रतिबद्धतामा कमी पाएँ ।’ उनले सात बुँदे सहमतिलाई अलिकति उल्लेख मात्रै गरेको बताए ।  उनले थपे, ‘सहमति अनुसार अहिलेसम्म जे भयो भयो, अब यसरी जान्छौं भन्ने कुरा छैन । संविधान संशोधनबारे पहिला जस्तै सहमतिमा गरिने भनिएको छ । तर, ठोस प्रतिबद्धता छैन ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७