त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरमा रूपान्तरण गरिने


०६:०१ बजे

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ। सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए। खेलकुदलाई निजी क्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिहरूलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने समेत बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७