स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला

काठमाडौं । सरकारले स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।
‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ’कमाउँदै–पढ्दै’ को नीति लागु गरिनेछ,’ राष्ट्रपति पौडेलले भने । स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने पनि सरकारको नीति छ । राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने बताएका हुन् ।
त्यस्तै, श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने पनि उनले बताए । नीति तथा कार्यक्रममा भनिएको छ, ‘इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागू गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ ।’