ओली र देउवाबीचको सिंहदरबार भेटघाट सकियो, प्रचण्ड गएनन्


२३:३४ बजे

काठमाडौं । संक्रमणकालीन न्यायबारे छलफल गर्न बोलाइएको तीन शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो ।

आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरिएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएको जनाइएको छ । सरकारले गर्ने गलत काममा आफूलाई मुछ्ने गरी बोलाउने गरिएको भन्दै आजको छलफलमा नगएको प्रचण्डको सचिवालयले बतायो । त्यसपछि ओली र देउवाबीच मात्रै छफल भएको थियो । करिब एक घण्टा लामो छलफल सकाएपछि ओली र देउवा सिंहदरबारबाट छुट्टिएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७