दुईटा मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, तीन जना घाइते

धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जानकी गाउँपालिका–३ को डुडेझारी सडक खण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से५प२५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।