भाजपाका विदेश विभाग प्रमुख चौथाईवाले नेपालमा, शीर्ष नेतासँग भेटवार्ता गर्दै

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमणमा आएका छन् । आज (बुधबार) बिहान काठमाडौं आइपुगेका उनी शुक्रबार फर्किने कार्यक्रम रहेको छ ।
चौथाईवाले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता पक्ष एवम् विपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । चौथाईवालेसँग मधेसी मोर्चाका नेताहरूको समूह बैठकको समेत रहेको बताइएको छ । उनले नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन भ्रमण गर्न लागेको बताएका छन् ।