गाडी इनारमा खस्दा १२ जनाको मृत्यु


२०८२ बैशाख १७ मंगलबार १४:४९ बजे

काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटना हुँदा यात्री मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाउँदा नजिकैको इनारमा खसेको थियो ।

मोटरसाइकलका चालकको तत्काल मृत्यु भयो । गाडीमा सवार यात्रीलाई बचाउन इनारमा हाम फालेका एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्तिको घोषणा गरेका छन् । सिन्ह्वा
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७