धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपूर्जा बिक्री


२०८२ बैशाख १७ मंगलबार १९:४३ बजे

 विराटनगर । सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगरमा भेटिएको छ। बसको पाटपुर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा आज (मंगलबार) फेला परेको हो । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको हो। विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री प्रहरीले बरामद गरेको छ ।

बस भने विराटनगर १२ मा रोकिएको अवस्थामा रहेको छ । यता कवाडी गोदाममा प्रहरी पुगेपछि यसका सञ्चालक गीतादेवी साह भने जोगबनीतर्फ लागेको बुझिएको छ । उनलाई सहयोग गर्दै आएका उनका ज्वाई दिपेन्द्र साह समेत अहिले कवाडी गोदाम छोडेर भागेको प्रहरीले जानकारी दिएको छ ।  घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । तर बस फेला परेको थिएन। मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ । पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७