शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो टिप्पणी गरेका हुन् ।
आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनाताका छोराछोरीहरूले पढ्न नपाएको उनको भनाइ छ । उनले पटक–पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै उनले यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने उनको जिकिर छ । उनले शिक्षक, विद्यार्थी तथा चिकित्सहरूका भातृ संगठनहरू खारेज गर्नुपर्ने समेत बताए ।
उनले भने, ‘सरकारी विद्यालय पढ्ने भनेको गरिबका छोराछोरीले हो । आज गरिबका छोराछारी शिक्षाबाट वञ्चित भएका छन् । आन्दोलन, युद्ध र विद्यार्थी संगठनका नाममा विद्यालय बन्द गर्ने परम्पराले गरिबका छोराछारी पढ्न पाएका छैनन् । धनीका छोराछोरीहरू महङ्गो स्कुलमा आरामसँग अहिले पनि पढिरहेका छन्। हाम्रो शिक्षा नीतिले देशलाई राम्रोसँग अगाडि बढाएन । पटक–पटक व्यवस्था फेरिए, सरकार फेरियो, तर जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले देश चलाउँछ भन्नु पनि अब दिवास पना जस्तो भएको छ । त्यसकारण सरकारले यो समस्याको हल गरोस् । पार्टीका शिक्षकहरू, विद्यार्थीहरू, चिकित्सकहरुका भातृ संगठनहरु खारेज नै गर्नुपर्छ ।’ सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए ।