कांग्रेसले भन्यो–सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता मच्चाउने प्रयास हुँदैछ


२०८२ बैशाख १३ शुक्रबार २०:३४ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिएको बताएका छन् । उनले कांग्रेस अहिले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट गरे । आज (शुक्रबार) बसेको बजेट अधिवेशनको पहिलो दिनको प्रतिनिधिसभा बैठकलाई दलीय आधारमा मन्तव्य राख्दै घिमिरेले अहिले मुलुकले स्थिरता र आर्थिक विकास खोजेको बताएका हुन् ।

‘दैनिक सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ । अहिले देशले शान्ति र स्थिरता, आर्थिक विकास खोजिरहेको छ,’ घिमिरेले भने । कांग्रेस–एमालेको संयुक्त सरकार परिवर्तनका हल्ला चलिरहेको समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरेले सरकार परिवर्तनको हल्लामा नलाग्न आग्रह गरे । ‘सरकारका कमी कमजोरी छैनन् भन्ने होइन, सरकारले गति बढाउनै पर्छ । सुशासनको मामिलामा सरकार आक्रामक बन्नुपर्छ । बलियो र शक्तिशाली सरकारको व्यवहारमा महसुस गर्न पाउनु पर्छ ।’

घिमिरेले भने, ‘दैनिक रूपमा सरकार ढल्ने हल्लाको पछाडि नलागी तदारुकताका साथ काम गर्न आग्रह गर्दछौं । कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैन, कांग्रेस ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छ । स्थिरताको पक्षमा उभिन्छ ।’ विभिन्न वाद र वादीका नाउमा देशमा अशान्ति मच्चाइ धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको पनि उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७