कालिगण्डकी गाउँपालिकाको चेतावनी : विद्यालय नआउने शिक्षकले राजीनामा दिनू


२०८२ बैशाख १३ शुक्रबार ०१:४९ बजे

काठमाडौं । शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनरत छन् । पठनपाठन ठप्प पारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ । 

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि  अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् । उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । 

शिक्षकहरू शिक्षक महासंघको आह्वानमा आन्दोलनमा होमिएका छन् । आज मात्रै नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकलाई वार्ताका लागि बोलाएका थिए । तर सिंहदरबार गेटमा पुगेका शिक्षकलाई प्रवेश पास नदिएपछि आजको वार्ता भाँडिएको थियो ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७