बल्खुमा राप्रपाको प्रदर्शन : अध्यक्ष लिङदेनसहितका नेताहरु पुगे {तस्वीरहरु}


०६:१२ बजे

काठमाडौं । काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन सुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनःस्थापनाको मागसहित राप्रपाले बृहत् प्रदर्शन र आमसभा आयोजना गरेको बताएको छ । खबरदारी सभाका लागि राप्रपाका नेता–कार्यकर्ता काठमाडौँका विभिन्न क्षेत्रबाट बल्खुमा पुगिरहेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू अहिले बल्खु पुगिसकेका छन् । 

राप्रपाले सभामा घुसपैठ हुन सक्ने भन्दै सचेत हुनका लागि स्वयम्सेवक परिचालनमा विशेष ध्यान दिएको पनि बताएको छ ।  सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सम्बोधन गर्ने तयारी छ। यसअघि राप्रपाका नेताहरू समेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

आजको सभालाई राप्रपाले व्यवस्था बदल्ने खबरदारी सभा समेत भनेको छ । ’अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने नारासहित विभिन्न स्थानबाट राप्रपाका कार्यकर्ता जुलुस निकालेर बल्खुमा सभा गरेका हुन् । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरुले सम्बोधन गर्ने तालिका रहेको छ ।

सभास्थल आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । यहाँ करिब २ हजार सुरक्षाकर्मी तैनाथ छन् । आजको सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको बताएको छ । यसअघि राप्रपाका नेताहरूसमेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७