लोकतन्त्र जनताको जीवनमा आउनु पर्छ, नभए प्रणालीमा संकट आउँछ : प्रधानमन्त्री


०६:२५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा लोकतन्त्र आउनु पर्ने बताएका छन्। मधेस प्रदेशसभामा आज (मंगलबार) विशेष सम्बोधन गर्दै ओलीले राजनीतिक परिवर्तन जनताबाटै सम्भव भएको विषय बिर्सन नहुने बताएका छन् ।

‘जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ । सम्पूर्ण सामाजिक पक्षमा लोकतन्त्र फुल्नु पर्छ, फल्नु पर्छ । अनि मात्रै लोकतन्त्र अघि बढ्छ’, उनले भने । उनले प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्ने विषय बिर्सन नहुने पनि बताए । ‘यो प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्छ भन्ने बिर्सनु हुँदैन । राजनीतिक अधिकारलाई अझ विस्तार गरेर परिपूर्ण लोकतन्त्र’, उनी भन्छन्, ‘राजनीतिमा मात्र लोकतन्त्र भयो भने गरिबीको निरपेक्ष रेखामा बसेकालाई सरोकार हुँदैन ।’

जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकिए र गरिबीबाट मुक्ति दिन नसकिए जनतालाई त्यसले नछुने उनले बताए । त्यसो गर्न नसकिए प्रणालीमाथि प्रश्न उठाउने ओलीको भनाइ छ। ‘निरपेक्ष गरिबीबाट आधारभूत आवश्यकता सहज पूर्ति भएको अवस्थामा पुर्‍याउनु पर्छ। यदि जैविक र मानवीय आवश्यकताको सहज परिपूर्ति गर्न सकेनौँ भने प्रणालीमा संकट आउँछ। प्रणालीले के दियो भनेर जनताले सोध्न थाल्छन्’, ओलीले भने । ओलीले विकासका लागि सुशासनमा ध्यान दिइनुपर्ने पनि बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७