मधेस ज्ञान, तपस्या, शास्त्रार्थको देवभूमि : प्रधानमन्त्री


०६:२९ बजे
तस्वीरहरु : दिनेश भण्डारी

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस ज्ञान, तपस्या, शास्त्रार्थको देवभूमि भएको बताएका छन् । यो भूमिमा पाइला टेक्दा उद्भूत अनुभूति भएको उनले बताएका छन् ।

संघीय संरचनामा मुलुक अघि बढेपछि मधेस नेपालको एउटा प्रदेश मधेस हो । मधेस प्रदेश चेतनामा अग्रणी प्रदेश भएको बताउँदै भने, ‘यो व्यवस्था स्थापनाका लागि अग्रणी भूमिका खेलेको छ । मैले विश्वास लिएको छुँ यो प्रदेश यो व्यवस्था रक्षा गर्न पनि अग्रमोर्चामा उभिएको छ, उभिन्छ,’ उनले भने । यो प्रणाली देश र जनताको सेवामा समर्पित हुन्छ भने बिर्सिनु हुन्न । अधिकार वितरणका लागि हामी उदार छौँ उनले भने, ‘परिपूर्ण लोकतन्त्रको पक्षमा हामी प्रतिबद्ध छौँ।’

प्रणालीको अनुभूति जनतालाई दिलाउन सक्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘जनता प्रणालीको अनुभूति आफ्नै जीवनशैली, जीवनपद्धतिमा खोजी रहेको छ । सम्पूर्णमा लोकतन्त्र फल्नु र फुल्नु पर्छ । जनताले आफ्नो जीवनमा प्रणालीप्रतिको सकारात्मक अनुभूति गर्न सकेन भने त्यो प्रणालीप्रति वितृष्णा फैलिन्छ र अन्ततः प्रणालीलाई फ्यालिदिन्छ।’


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७