भारत काँशीपुरमा लुटपाटमा परेका नेपाली युवा १२ दिनदेखि बेपत्ता


२०:२१ बजे

कर्णाली । भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन छन् । 

हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चार जना अपरिचित नेपालीले खाजा खान बसौं भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएको जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ । खोजीका लागि परिवारका सदस्यसहित आफूहरु भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिए । 

उनका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैंयाँ एक लाख १७ हजार लुटिएको थियो । सूर्यचन्द बाहेक अनबहादुर र वीरेन्द्र होसमा आएपछि नेपाल फर्केको बुढाले बताए । तीन जना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । उनीहरू घर फर्कने क्रममा लुटिएका हुन् । बुढा सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन सरोकार  भएकाहरूलाई आग्रह गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७