नयाँ युद्धविराम प्रस्तावमा हमास सकारात्मक


२०८१ चैत १७ आइतबार १२:५६ बजे

काठमाडौं । इजरायलसँग पाँच जना थप बन्धकको रिहाइ सट्टामा ५० दिनको युद्धविरामको प्रस्तावमा हामास सकारात्मक देखिएको छ । हमास नेता खलील अल–हय्यमले मध्यस्थकर्ता देशहरु इजिप्ट र कतारको प्रस्तावमा समर्थन जनाएका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि युद्धविरामसम्बन्धि प्रस्तावको मस्यौदा प्रप्त गरेको जनाएको छ । युद्धविरामको प्रयास चलिरहँदा इजरायलले भने गाजाको रफाह क्षेत्रमा हवाई तथा भौतिक हमलाहरू जारी राखेको छ । पहिलो चरणको सम्झौतामा हामासले ३३ जना बन्धकलाई रिहा गरेको थियो । 

हमाससँग अझै ५९ जनालाई बन्धक राखेको ठानिएको छ । पहिलो चरणको युद्धविराम भाँडिएपछि गत मार्च १८ बाट इजरायलले सैनिक कारवाही फेरि सुरु गरेको थियो । इजरायलको पछिल्ला हमलामा ९०० भन्दा बढीको ज्यान गएको हामासको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

यसैबीच, इजरायलमा प्रदर्शनकारीहरूले नेतन्याहू र उहाँको सरकारमाथि युद्धविराम तोडेर बाँकी बन्धकहरूको जीवनलाई संकटमा पारेको आरोप लगाएका छन्। हामासले पोस्ट गरेको नयाँ भिडियोमा आफ्नो रिहाइको लागि याचना गर्दै गरेका एक बन्धकको पीडादायी अवस्थामा देखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७