कुलमान घिसिङको रिटमा सुनुवाइ जारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा सुनुवाइ चलिरहेको छ । न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।यसअघि चैत्र १५ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोध्दै दुवै पक्षलाई छलफलका लागि चैत्र १७ गते बोलाएको थियो । तर सो दिन रिट हेर्न नमिल्ने सूचीमा राखिएको थियो।
न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो । गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए । आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए ।