गाडीको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु


२०८१ चैत १७ आइतबार १३:०१ बजे

सिन्धुली । गाडीको ठक्करबाट आइतबार बिहान कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ । सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नं को योद्धा गाडीको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरवहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलमा सवार खपाङ्गीलाई बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका ६ को रातमाटा घुम्ती नजिक गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७