ओली पहिलोपल्ट पुगे माधव नेपालको पार्टी कार्यालय, कोइरालालाई दिए श्रद्धाञ्जली


०४:३८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् ।

कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र चैत १५ गते तोडफोडमा परेको समाजवादीको कार्यालय अवलोकन गर्न ओली सोमबार आलोकनगर पुगेको उनको सचिवालयले जनाएको छ । एमालेबाटै विभाजन भएर बनेको समाजवादीको कार्यालयमा ओली पहिलो पटक पुगेका हुन् ।

२०७८ सालमा नेकपा (एमाले) बाट विभाजन भई नेकपा एकीकृत समाजवादी बनेपछि ओली रुष्ट थिए । माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले एमालेबाट विभाजन भई गठन गरेको एकीकृतको समाजवादीको कार्यालयमा ओली तीन वर्षपछि पहिलो पटक पुगेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७