रवीन्द्र र धवलको रिहाइ माग गर्दै राप्रपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल


०५:५८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका नेताहरूलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा र निकटका संगठनले नेताहरूमाथि झूटो मुद्दा लगाएर कारबाही थालिएको भन्दै विरोध जनाएका छन् ।

यही चैत १५ गते राजावादीको प्रदर्शनक्रममा पक्राउ परेका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गर्दै उनीहरू सडकमा उत्रिएका हुन् । चैत १५ को प्रदर्शनमा हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरासहित केही व्यक्तिलाई पक्राउ गरी सरकारले मुद्दा चलाएको छ ।

प्रदर्शनकारी माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्ने क्रममा उनीहरू र प्रहरीबीच सामान्य धकेलाधकेल समेत भएको थियो । प्रदर्शनकारीले ‘झुटा मुद्दा’ मा पक्राउ परेका राप्रपा र ‘राष्ट्रवादी’ नेताहरूलाई तत्काल रिहा गर्न माग गरे । उनीहरूले ‘मृतकलाई सहिद घोषणा गर’, ‘घटनाको न्यायोचित छानबिन गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायत प्लेकार्ड प्रदर्शन गरे । उनीहरूले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७