दुर्गा प्रसाईविरुद्ध साइबर अपराधको उजुरी


२०८१ चैत १५ शुक्रबार १२:४६ बजे

काठमाडौं । मायाको पहिचान नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ । प्रसाईमाथि लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ ।

उजुरीमा उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ। संस्थाले प्रसाईका अभिव्यक्तिको छानबिन, कानूनी कारबाही, र गलत सूचना रोक्न माग गरेको छ । सर्वोच्च अदालतले २०२३ मा समलिङ्गी विवाह दर्तालाई मान्यता दिएको आधारमा यो अभिव्यक्ति साइबर अपराध ऐनविपरीत भएको बताइएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७