प्रहरीका सई घुससहित पक्राउ


२०८१ चैत १४ बिहीबार ०७:१० बजे

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) पक्राउ परेका छन् । अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्का लाई पक्राउ गरेको हो ।

खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत रहेका थिए । उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७