तीनकुने घटना

यी हुन् रवीन्द्र र धवलसहित पक्राउ परेका ४१ जना (सूचीसहित)

कसलाई कुन मुद्दा ?


२०८१ चैत १७ आइतबार २३:४३ बजे

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार घटेको घटनामा पक्राउ परेका ४१ जनामाथि प्रहरीले थप अनुसन्धान गर्न म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । चैत १५ गतेदेखि नै मानिसहरू पक्राउ परेकाले त्यस दिनदेखि गन्ती गरी पाँच दिनको अनुमति दिइएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले ४१ जनाविरूद्ध दुई वटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणासहित ११ जनालाई राजद्रोह र संगठित अपराधमा अनुसन्धान गर्ने भएको हो । अन्य ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न म्याद लिएको हो । यसरी म्याद लिँदा न्यायाधीश महर्जनले मिश्र र राणाको स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर उपचारको व्यवस्था मिलाउन आदेश दिएकी छन् ।

राजद्रोह कसुरमा पक्राउ पर्नेहरु

मिश्र र राणासँगै प्रहरीले आफूलाई धर्मगुरू बताउने पुष्कर खतिवडाविरूद्ध पनि राजद्रोहको मुद्दा लगाउन लागेको छ । दुर्गा प्रसाईंका सहयोगी मनिन्द्र राजभण्डारी र गोपाल मल्ल पनि पक्राउ परेका छन्। राजभण्डारी रोयल टास्क फोर्स आरटिएफका कमाण्डर समेत तोकिएका थिए । मल्ल सशस्त्र प्रहरीको हतियार खोस्ने व्यक्ति हुन् ।

त्यस्तै प्रहरीले भक्तपुर बस्ने ४२ वर्षीय सन्तोष चौधरी, ५१ वर्षीय रामकुमार धिमाल, ४१ वर्षीय पशुपति खड्का, ४२ वर्षीय हरिहर चौलागाईं र ३९ वर्षीय विष्णु पराजुलीलाई पनि पक्राउ गरेको छ । बाँकी ३० जना पनि विभिन्न सिसिटिभी फुटेज, भिडिओ, फोटोमा देखिएका व्यक्तिहरूलाई पक्राउ गरेको एसपी बोहराले बताए । 

उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए । प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूको सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७