बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका किशोरको मृत्यु


२०८१ चैत १३ बुधबार ०१:१९ बजे

गोरखा । बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एसईईका परीक्षार्थी आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको मृत्यु भएको छ ।  आरुघाट गाउँपालिका–४ थुमीस्थित बूढीगण्डकीमा बुधबार बेलुकी पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतको प्रहरी टोलीले खोजतलास गर्दा नदीले बगाएको ठाउँभन्दा १ किलोमिटर तल गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए। ‘चार-पाँच जना साथीसहित पौडी खेल्न जाँदा नदीले बगाएको रहेछ,’ उनले भने ।

आर्खेतको फुटबल मैदान नजिकैको बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको उनले बताए । आरुघाट–१ स्थित गणेश माविका विद्यार्थी गुरुङ आर्खेतको गण्डकी माविबाट एसईईमा सहभागी विद्यार्थी हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७