कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने सात जना समातिए


२०८१ चैत १६ शनिबार ०७:५३ बजे

काठमाडौं । राजावादीहरुको प्रदर्शनका क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने सात जना पक्राउ परेका छन् । नुवाकोट विदुर गाउँपालिका– ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

वृत्तका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका– ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका– १६ १७ वर्षीया सुस्मिता बराललगायतलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७