६ वर्षीया बालिकाको डुबेर मृत्यु


२०८१ चैत १६ शनिबार ०८:३७ बजे

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ खेसेवामा छ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घर नजिकै पानी ट्याङ्कीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए । प्राथमिक उपचारका लागि निजलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । घटनापछि प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाएको रावलले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७