हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला । हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि आजै साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।