त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भोलि स्ववियु चुनाव


२०८१ चैत १७ आइतबार १५:१४ बजे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव भोलि (सोमबार) हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले एक सूचना निकालेर भोलि सोमवार मतदान हुने जानकारी दिएको हो ।

पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसलापछि मतदानको मिति तय गरिएको हो । यसअघि चैत ५ मा हुनुपर्ने चुनाव विवादका कारण चैत ८ मा तोकिएको थियो । चैत ८ मा पनि हुन नसकेको केन्द्रीय क्याम्पसको स्ववियु चुनाव भोलिका लागि तय भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७