अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या चार पुग्यो


२०८१ चैत १३ बुधबार ०१:०३ बजे

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । शितगंगा नगरपालिका–२, भुवनपाटास्थित सडक खण्डमा भएको दुर्घटनामा तीन महिला र एक पुरुषको ज्यान गएको हो ।

दुर्घटनामा  २७ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनाग्रस्त लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा दुर्घटनामा परेको बस सडकबाट अनियन्त्रित भई पल्टिएको बताइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् । त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले मृत घोषणा गरेको छ ।

दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । नवरपरासीबाट बसमा अर्घाखाँची भ्रमण गरेर फर्कंदै गर्दा ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७