पद बहालीकै भोलिपल्ट हितेन्द्र शाक्य किन पुगे सर्वोच्च ?


२०८१ चैत १३ बुधबार ००:२० बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पद बहाली गरेको भोलिपल्टै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । उनले सर्वोच्चमा आज एउटा रिट पेश गरेका छन् ।

सरकारले बर्खासत गरेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च गएकै दिन उनी पनि रिट लिएर पुगेका हुन् । संयोगले कुलमान र शाक्य एकै दिन सर्वोच्च पुगेका छन् । तर, समय अभावले  दुवै रिट दर्ता भने भएको छैन । शाक्यले आफ्नो रिटमा अघिल्लो रिक्त कार्यकालको सेवा सुविधा माग गरेको सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर, उक्त सरकार ढलेर कांग्रेस र माओवादीको गठवन्धन सरकार बन्यो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ साउन २४ मा कार्यकारी निर्देशकबाट शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो । त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेका थिए ।

उक्त मुद्दाको सुनुवाइ नहुँदै २०८१ माघ २६ मा शाक्यको पदावधि सकियो । सर्वोच्चले फैसलामा ढिलाइ गर्दा आफ्नो साढे तीन वर्षको कार्यावधि गुम भएको शाक्यको दावी छ । यही अवधिको सेवा सुविधा आफूले पाउनुपर्ने माग उनले गरेका हुन् । यही चैत ११ मा मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर पुनः शाक्यलाई नै नियुक्त गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७