मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु


२०८१ चैत ५ मंगलबार १७:५८ बजे

मोरङ । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भएको भनिएका बालक सकुशल भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी एक तीन वर्षीया बालिकाको भने मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । दिउँसो १२ बजेतिर सुरु भएको आगलागीमा परी खातुनको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट १२ घर परिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको डिएसपी जोशीले जानकारी दिए । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । नेपाली सेना, प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी कहाँबाट, के कारणले सुरु भयो र कति क्षति भयो भन्ने खुली नसकेको हुँदा घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७