केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त


२०८१ चैत ४ सोमबार ०५:२४ बजे

काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ ।

नियुक्तिपत्र आजै दिइने मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७