प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासंघको घोषणापत्र हस्तान्तरण


२०८१ चैत ४ सोमबार १६:०३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिएका छन् । महासंघको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७