मञ्चमै प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ


२०८१ चैत ३ आइतबार ०३:२१ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो मञ्चमै जलाउने राप्रपा नेता नीराजन बम पक्राउ परेका छन् । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज (आइतबार) उनलाई पक्राउ गरेको हो । 

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै मञ्चमै फोटो जलाउँदै नारा समेत लगाएका थिए ।  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् । 

बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर र भाइमारा’ को आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि  राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७