उस्ताद गुलाम अलीको गजल गायनको ख्याति सीमापारिसम्म फैलिएको छ : प्रधानमन्त्री


२०८१ चैत ३ आइतबार ०४:५२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी उस्ताद गुलाम अलीको गजल गायनको ख्याति देशको भौगोलिक सीमाभन्दा बाहिरसम्म फैलिएको बताएका छन् ।

आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘उस्ताद गुलाम अली पाकिस्तानबाट नेपाल आउनु भएको थाहा पाएँ । उहाँको गजल गायनको ख्याति देशको भौगोलिक सीमाभन्दा बाहिरसम्म फैलिएको छ ।’

उनले थप लेखेका छन्, ‘गुलाम अलीका गजलहरू हाम्रो पुस्ताले झुमेर सुन्थ्यो । नयाँ पुस्ताले पनि हिजो उहाँलाई काठमाडौंमा प्रत्यक्ष सुन्ने अवसर पायो । उहाँको नेपाल बसाइ सुखद रहोस्, प्रसिद्ध सर्जकलाई हार्दिक स्वागत छ !’ 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७