भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन कार्यालय स्थापना


०४:२९ बजे

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालय स्थापना गरिएको छ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि सो कार्यालय स्थापना गरिएको हो । 

गृहमन्त्री रमेश लेखकले आज एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरे । गत कात्तिक १७ गते रामिडाँडा केन्द्र बिन्दु भई भूकम्प गएको थियो । कार्यालय स्थापनासँगै स्थानीयवासीमा पुनर्निर्माण हुने कुरामा विश्वास पलाएको छ । भूकम्पबाट सबैभन्दा बढी जाजरकोटमा क्षति भएको थियो । कार्यालय स्थापना भएको रिम्ना भूकम्पले धेरै क्षति गरेको ठाउँ हो ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७